sponsor

sponsor

Slider

Theme images by kelvinjay. Powered by Blogger.

Recent Tube

Business

Technology

Life & style

Games

Sports

Fashion

» »Unlabelled » हाम्रो खबर


हाम्रो खबर 



झापा ३ मा सिटौला भर्सेज लिङदेन

 








अन्तत: नेपाली कांग्रेसका नेता कृष्ण सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङदेनवीच अलग–अलग गठवन्धनवाट रोचक भिडन्त हुने पक्का भएको छ । यसअघि नेपाली कांग्रेस र राप्रपावीच भएको चुनावी तालमेलले झापा ३ मा राप्रपा महामन्त्री लिङदेनलाई प्रत्यक्ष उम्मेद्वार वनाउने र सिटौलालाई समानुपातिकको टिकट दिने सहमति भएको थियो । तर, सिटौलाले समानुपातिकमा असन्तुष्टी पोख्दै जुनसुकै हालतमा प्रत्यक्षवाटै लड्ने अडानपछि राप्रपा र कांग्रेसवीचको चुनावी तालमेल टुटेको छ । लिङ्देनले वामगवन्धनको साथ पाएका छन् । सिटौला एक्लै लड्नेछन् । लिङदेनलाई वामगठवन्धनले सघाउने र राप्रपाले वाम गठवन्धनलाई सघाउने सहमति भएको छ । वाम गठवन्धनमा आवद्ध एमाले र माओवादीले वुधवार विर्तामोडमा संयुक्त पत्रकार सम्मेलनमार्फत लिङदेनलाई सघाउने उद्घोष गरे । एमाले झापाका प्रचार प्रमुख माधव विद्रोहीले लिङदेनलाई झापा ३ मा सघाउने सहमति भएको प्रष्ट पारे । सिटौला–लिङ्देन भिडन्त तेस्रोपटक सिटौला–लिङ्देनवीच पहिलो चुनावी भिडन्त ०५६ को आम निर्वाचनमा भएको थियो । तत्कालिन झापा १ वाट सिटौला–लिङ्देन लडे । तर, सिटौला विजयी भए । ०६४ को पहिलो संविधानसभा चुनावमा लिङ्दने उम्मेद्वार थिएनन् । त्यो वेला सिटौलाका प्रतिष्पर्धी थिए, माओवादी नेता पूर्णसिंह राजबंशी । राजवंशीले सिटौलालाई भारी मतले पराजित गरेका थिए । ०७० को दोस्रो संविधानसभामा लिङदेन पुन: उम्मेद्वार वने । उनका निकटतम प्रतिष्पर्धी थिए, सिटौला । सिटौलाले दोस्रो पटक जित्दा उनी दोस्रो वने । यी चिरपरिचित र पुराना नेतावीच पुनल् तेस्रो पल्ट भिडन्त हुँदैछ । लिङ्दनेविरुद्ध सिटौलाले हेट्रिक गर्ने हुन या लिङ्देनले पहिलो विजयी स्वाद चाख्ने हुन त्यो निर्णय भने मतदाताले गर्ने छन् । जानकारहरुका अनुसार झापा ३ सिटौलाको गृह जिल्ला भएपनि लिङ्देन ‘पपुलर’ मानिन्छन् । अघिल्लो नगरपालिका निर्वाचनको परिणाम हेर्दा पनि त्यो थाहा हुन्छ । हल्दीबारी र कचनकबल गाउँपालिकाको अध्ध्यक्ष, उपाध्यक्षसहित वहुमत सदस्य राप्रपाले जितेको थियो । कांग्रेसले वाह्रदसीमा मात्रै जितेको थियो । राप्रपाका जिल्ला स्तरीय एक नेताले भने,‘हामी त्यसै पनि कांग्रेस भन्दा वलियो छौ, वाम गठवन्धनको साथले जित निश्चित नै गराएको छ ।’ स्थानीय निर्वाचनमा प्रमुख पदहरुमा खसेको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा नेपाली कांग्रेसले २० हजार २२ मत प्राप्त गरेको थियो । जसमा राप्रपाले १३ हजार ७ सय ५० मत पाएको थियो । एमालेले १५ हजार ५ सय ६२ मत पाउदा माओवादीले ८ हजार ९ सय ९१ मत पाएको थियो । एमाले र माओवादीको मत जोड्दा २४ हजार ५ सय ५३ पुग्छ । यदि यो मत लिङ्देनलाई जाने हो भने उनले करिव ३७ हजारको हाराहारीमा मत पाउने छन् । जसले सिटौलालाई सहजै हराउन सक्ने सम्भावना छ । 




 

«
Next
This is the most recent post.
»
Previous
This is the last post.

No comments:

Leave a Reply