हाम्रो खबर
झापा ३ मा सिटौला भर्सेज लिङदेन
अन्तत: नेपाली कांग्रेसका नेता कृष्ण सिटौला र
राप्रपा महामन्त्री राजेन्द्र लिङदेनवीच अलग–अलग गठवन्धनवाट रोचक भिडन्त
हुने पक्का भएको छ ।
यसअघि नेपाली कांग्रेस र राप्रपावीच भएको चुनावी तालमेलले झापा ३ मा
राप्रपा महामन्त्री लिङदेनलाई प्रत्यक्ष उम्मेद्वार वनाउने र सिटौलालाई
समानुपातिकको टिकट दिने सहमति भएको थियो । तर, सिटौलाले समानुपातिकमा
असन्तुष्टी पोख्दै जुनसुकै हालतमा प्रत्यक्षवाटै लड्ने अडानपछि राप्रपा र
कांग्रेसवीचको चुनावी तालमेल टुटेको छ । लिङ्देनले वामगवन्धनको साथ पाएका
छन् । सिटौला एक्लै लड्नेछन् ।
लिङदेनलाई वामगठवन्धनले सघाउने र राप्रपाले वाम गठवन्धनलाई सघाउने सहमति
भएको छ । वाम गठवन्धनमा आवद्ध एमाले र माओवादीले वुधवार विर्तामोडमा
संयुक्त पत्रकार सम्मेलनमार्फत लिङदेनलाई सघाउने उद्घोष गरे । एमाले झापाका
प्रचार प्रमुख माधव विद्रोहीले लिङदेनलाई झापा ३ मा सघाउने सहमति भएको
प्रष्ट पारे ।
सिटौला–लिङ्देन भिडन्त तेस्रोपटक
सिटौला–लिङ्देनवीच पहिलो चुनावी भिडन्त ०५६ को आम निर्वाचनमा भएको थियो ।
तत्कालिन झापा १ वाट सिटौला–लिङ्देन लडे । तर, सिटौला विजयी भए ।
०६४ को पहिलो संविधानसभा चुनावमा लिङ्दने उम्मेद्वार थिएनन् । त्यो वेला
सिटौलाका प्रतिष्पर्धी थिए, माओवादी नेता पूर्णसिंह राजबंशी । राजवंशीले
सिटौलालाई भारी मतले पराजित गरेका थिए । ०७० को दोस्रो संविधानसभामा लिङदेन
पुन: उम्मेद्वार वने । उनका निकटतम प्रतिष्पर्धी थिए, सिटौला । सिटौलाले
दोस्रो पटक जित्दा उनी दोस्रो वने ।
यी चिरपरिचित र पुराना नेतावीच पुनल् तेस्रो पल्ट भिडन्त हुँदैछ ।
लिङ्दनेविरुद्ध सिटौलाले हेट्रिक गर्ने हुन या लिङ्देनले पहिलो विजयी स्वाद
चाख्ने हुन त्यो निर्णय भने मतदाताले गर्ने छन् ।
जानकारहरुका अनुसार झापा ३ सिटौलाको गृह जिल्ला भएपनि लिङ्देन ‘पपुलर’
मानिन्छन् ।
अघिल्लो नगरपालिका निर्वाचनको परिणाम हेर्दा पनि त्यो थाहा हुन्छ ।
हल्दीबारी र कचनकबल गाउँपालिकाको अध्ध्यक्ष, उपाध्यक्षसहित वहुमत सदस्य
राप्रपाले जितेको थियो । कांग्रेसले वाह्रदसीमा मात्रै जितेको थियो ।
राप्रपाका जिल्ला स्तरीय एक नेताले भने,‘हामी त्यसै पनि कांग्रेस भन्दा
वलियो छौ, वाम गठवन्धनको साथले जित निश्चित नै गराएको छ ।’
स्थानीय निर्वाचनमा प्रमुख पदहरुमा खसेको मतलाई आधार मान्ने हो भने यो
क्षेत्रमा नेपाली कांग्रेसले २० हजार २२ मत प्राप्त गरेको थियो । जसमा
राप्रपाले १३ हजार ७ सय ५० मत पाएको थियो ।
एमालेले १५ हजार ५ सय ६२ मत पाउदा माओवादीले ८ हजार ९ सय ९१ मत पाएको थियो ।
एमाले र माओवादीको मत जोड्दा २४ हजार ५ सय ५३ पुग्छ । यदि यो मत
लिङ्देनलाई जाने हो भने उनले करिव ३७ हजारको हाराहारीमा मत पाउने छन् ।
जसले सिटौलालाई सहजै हराउन सक्ने सम्भावना छ ।
Comments